क्वारेन्टाइनका लागि सरकारलाई ५ हजार कोठा उपलब्ध गराइने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

क्वारेन्टाइनका लागि सरकारलाई ५ हजार कोठा उपलब्ध गराइने

kapilbastu corentine

काठमाडौँ, १० चैत । निजी शिक्षालयका तीन संस्थाले सरकारलाई २ हजार बेडसहितको स्थान उपलब्ध गराउने भएका छन्। प्याब्सन, एनप्याब्सन र हिसानले उल्लिखित बेड राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन सहयोग गर्ने वचन दिँदै यसका लागि आवश्यक पर्ने सुरक्षाकर्मी र चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा क्वारेन्टाइन र आइसोलेसन निर्माण र सहयोग गर्न बसेको बैठकमा उक्त छलफल भएको प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले जानकारी दिनुभयो। उहाँका अनुसार स्थान दिइए पनि जनशक्ति उपलब्ध गराउन सरकारलाई नै आग्रह गरिएको छ। यसअघि हिसानको बैठकले करिब ५ हजार कोठा उपलब्ध गराउने कागजी घोषणा गरेको थियो।

तर हिसानले भने अहिलेसम्म एउटा पनि कोठा उपलब्ध गराएको छैन। तर वरिष्ठ उपाध्यक्ष युवराज शर्माको समूहले हिसानले हचुवाको भरमा कोठा उपलब्ध गराउने बताउँदै आएको थियो। आइतबार बसेको बैठकमा हिसानका अधिकारीहरूले अझै ५ हजार कोठा उपलब्ध गराउने जनाउँदै आएका थिए। यो समाचार आजको नेपाल समाचारपत्र दैनिक पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);