खेल बारे एफएले आज भिडियो कन्फरेन्समार्फत बैठक गर्दै  | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

खेल बारे एफएले आज भिडियो कन्फरेन्समार्फत बैठक गर्दै 

काठमाडौं, ६ चैत । ईग्लिस प्रिमियर लिग फुटबलका बाँकी खेलहरु बन्द रंगशालामा खेलाउने तयारी गरिएको छ ।

इग्लिस फुटबल संघ एफएले प्रिमियर लिगका बाँकी खेलहरु बन्द रंगशालामा खेलाउने विकल्पमाथि छलफल गरेको हो । यस विषयमा छलफल गर्न एफएले आज भिडियो कन्फरेन्समार्फत बैठक गर्दैछ । उक्त बैठकबाट ठोस निर्णय आउनेमा भने एफएकै सदस्यहरुले विश्वास गरेका छैनन् ।

कोरोना संक्रमणको पछिल्लो अवस्था र बेलायती फुटबलमा यसले पार्नसक्ने समग्र प्रभावबारे आजको बैठकमा छलफल हुनेछ । अप्रिल तीन तारिखसम्म स्थगित गरिएको प्रिमियर लिगका बाँकी ९२ खेल बन्द रंगशालामा खेलाउने योजना एफएको छ । नयाँ योजना अनुसार हरेक तीन दिनमा खेल हुनेछ । यसका लागि बेलायत सरकारले पनि स्वीकृत दिनुपर्नेछ । खेलहरु थोरै रंगशालामा खेलाउँदा मेडिकल र अन्य सुरक्षाका लागि सजिलो हुने आयोजकको अपेक्षा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);