काठमाडौं, ४ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
नेपाल आयल निगमको सोमबार साँझ बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २/२ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घटाउने निर्णय गरेको हो । सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य घटाएपछि उपत्यकामा अब पेट्रोल १ सय ६ र डिजेल तथा मट्टितेल ९५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँप्रतिलिटर कायम भएको छ ।
अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । कोरोना संक्रमणले विश्व अर्थतन्त्रमा परेको प्रभाव तथा साउदी अरेयिबा र एसियाबीचको तेलको मूल्यमा भएको होडबाजीले अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको थियो ।