घरेलु मदिराको सेवनबाट मुत्यु हुनेको संख्या ११ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

घरेलु मदिराको सेवनबाट मुत्यु हुनेको संख्या ११ पुग्यो

gharelu madira

धनुषा, १ चैत । धनुषामा विषाक्त घरेलु मदिराको सेवनबाट मुत्यु हुनेको संख्या ११ पुगेको छ । शुक्रबारसम्म ६ जनाको मृत्यु भएकोमा शनिबार उक्त संख्या बढेर ११ पुगेको हो ।

होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्यु भएको आशंका गरिएको छ । मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा, नीरश यादव, राजु महरा, भुनटुन सदा, दसै सदा र विजय महरा रहेका छन् ।

अन्य चारजनाको रम्दैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ । अवैध मदिरा बिक्री गरेको अभियोगमा स्थानीय रामानन्द साह र एक महिलालाई पक्राउ गरी आवश्यक कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);