जब आपूर्ति राज्यमन्त्री बजार चाहर्न थाले | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

जब आपूर्ति राज्यमन्त्री बजार चाहर्न थाले

धादिङ, ३ असोज । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विश्वकर्माले सदरमुकामका विभिन्न पसलहरु अनुगमन गरी ग्राहक ठग्ने पसलेलाई कारबाही गर्न निर्देशन दिए भोलिपल्टै व्यापारीले बजार बन्द गरेका छन् । सदरमुकाम बजारमा रेडिमेड कपडाका पसल, पेट्रोलपम्प, खाद्यान्न पसल, मासु र तरकारी पसलहरुमा आफैं पसेर अनुगमन गरे लगत्तै आपूर्ति राज्यमन्त्री विश्वकर्माले त्रुटी फेला पारेका पसलमा सिलबन्दी गर्न आदेश दिएका थिए।

खाद्य गुणस्तर नियन्त्रण तथा नापतौल विभागका कर्मचारीहरुलाई समेत लिएर हिँडेका राज्यमन्त्री विश्वकर्माले पुछार बजारको मेहन्दी श्रृंगार पसलमा पसेर चप्पलको मूल्य सोधेका थिए । पसलेले मन्त्रीलाई नचिनेरै मूल्य ६ सय बताए पछि खरिद बिल देखाउन लगाएपछि उक्त चप्पल १ सय ६० मा खरिद गरीएको बिल फेला परेको थियो ।

धादिङका अधिकांस फेन्सी कपडा, श्रृंगार तथा खाद्य पसलहरुमा लाखौं मूल्य बराबरका व्यापारिक सामाग्रीहरुको खरिद बिल आपूर्ति मन्त्रीलाई कसैले पनि देखाउन सकेनन् । अधिकांशले व्यापार व्यवसाय दर्ता गरेको प्रमाण समेत देखाउन सकेनन । भारतको रक्सौल र काठमाडौंबाट भन्सार नतिरेरै सामाग्री ल्याएर उच्चतम मूल्यमा ग्राहकलाई बेच्ने गरेको आरोपमा मन्त्री आफैंले पसल सिलबन्दी गरी आन्तरिक राजस्व कार्यालयलाई कारबाहीको निर्देशन दिएका थिए ।

अनुगमनका क्रममा आपूर्तिमन्त्री विश्वकर्माले चाडपर्वको समयमा उपभोक्ताहरुले दैनिक उपभोग्य सामान किन्दा कोही पनि नठगीउन भनेर अनुगमनलाई तीव्र पारिएको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);