देशलाई नेतृत्व गर्नेहरुले जनतालाई धोका दिए : पूर्व डिआइजी खरेल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

देशलाई नेतृत्व गर्नेहरुले जनतालाई धोका दिए : पूर्व डिआइजी खरेल

काठमाडौं, २९ फागुन । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले देशलाई नेतृत्व गर्नेहरुले नागरिकलाई धोका दिएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा ‘हाम्रो नेपाल सुशासन अभियान’को शुभारम्भ गर्दै खरेलले देशलाई नेतृत्व गर्नेहरुसँगै विभिन्न निकायको नेतृत्वगर्नेहरुले धोका दिएको बताउनुभएको हो ।

उहाँले जनताको सेवा गर्न जानेहरुले काम नगरेर भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको आरोप समेत लगाउनुभयो । जनतालाई न्याय र सुशासन दिन्छु भन्नेहरु नै धोका दिन अगाडि रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘देशमा जो जसले रुल गरिरहेका छन् । जसले नेपाली जनताहरुलाई तपाइहरुको सेवा गर्छु, तपाईहरुलाई न्याय दिन्छु, सुशासन दिन्छु भनेर भन्ने हाम्रा पोलिटिकल लिडर, सोसियल लिडर, पुलिसका लिडर मेलिटरीका लिडर, न्यायालयका लिडर सबैले धेरै जसोले हामीलाई धोका दिए । हामीलाई झुक्याए । हामीले सोचे अनुसारको न्याय पाएनौं ।’ उहाँले देशमा भ्रष्टाचार संस्थागत भएको र विसंगति निरन्तर बढिरहेकाले आफुहरु अभियान सञ्चालन गर्न बाध्य भएको बताउनुभयो ।

नेतृत्वमा भएका अधिकांश व्यक्तिहरुलाई भ्रष्टाचार नगरिकन निद्रा नलाग्ने आरोप समेत उहाँले लगाउनुभयो । उहाँले भ्रष्टाचार गर्ने बानीलाई नसुधारे ७७ जिल्लाका सबै नेपालीहरु शान्तीपूर्ण रुपमा सडकमा उत्रने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीलाई थाहा छ मेजोरीटी तपाईहरु एडिक्टेड हुनुहुन्छ । तपाइहरुलाई भ्रष्टाचार नगरीकन मेजोरीटीलाई भ्रष्टाचार नगरीकन तपाईहरुलाई निद्रा लाग्दैन त्यो हामीलाई थाहा छ । तपाईहरुमा हेल्दी एटिच्युड छैन सिक एटिच्युड छ भन्ने त्यो पनि हामीलाई थाहा छ । तर हामी तपाईहरुलाई अलग गराउन चाहन्छौं । तपाईहरु सुध्रिनुहोस्, यदि सुध्रिनुभएन भने ७७ जिल्लाका मधेस, तराई, पहाड, हिमाल, विदेशमा बसेका नेपालीहरु शान्तिपूर्वक ढंगबाट सडकमा उत्रने छन् र तपाइहरुलाई औंला ठड्याउने छन् ।’

उहाँले नेतृत्वले गरेको बदमासीलाई विश्वसामु राख्नका लागि पनि सडकमा उत्रने चेतावनी दिनुभयो । पारदर्शिता र इमान्दारिताका साथ अभियानलाई अगाडि बढाउने समेत उहाँले बताउनुभयो । आफुहरुको अभियानमा व्यक्तिगत स्वार्थ र लोभ भएकाहरुले स्थान नपाउने तर समान उद्देश्य र विचार भएकाहरुसँग सहकार्य र एकता हुन सक्ने उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);