नवनियुक्त भारतीय राजदूतको राजनीतिक भेटघाट तिव्र किन ? | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

नवनियुक्त भारतीय राजदूतको राजनीतिक भेटघाट तिव्र किन ?

काठमाडौं, २४ फागुन । नेपालका लागि भारतीय नवनियुक्त राजदूत विनयमोहन क्वात्राले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन् । राजदूत क्वात्राले राष्ट्रपति, उपप्रधानमन्त्री, पूर्व प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीहरु लगायतका नेता तथा अन्य केही मन्त्रीलाई भेटेका छन् ।

भेटघाटको क्रम अझै रोकिएको छैन । अन्य देशका राजदूतको तुलनामा भारतीय राजदूतको राजनीतिक भेटघाट किन तिव्र हुन्छ ? यो स्वभाविक हो कि अस्वभाविक हो ? सर्वसाधारणको मनमा प्रश्न उठेको छ ।

नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले अहिले नेपाली उच्च अधिकारी, नेता तथा मन्त्रीहरुसँगको भेटभाटमा सक्रियता बढाएका हुन् । नेपालका लागि भारतीय राजदूत क्वात्रा आफ्नो राजनीतिक भेटघाटको सुरुवात भने उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँगको भेटघाटबाट गरेका थिए ।

क्वात्राले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल र उर्जा, तथा परराष्ट्र मन्त्रीसँग पनि भेटघाट गरिसकेका छन् ।

नेपालमा प्रोट्रोकलको संस्थागत विकास नभएकोले राजदूतहरुले सजिलैसँग उच्च सरकारी अधिकारी तथा राजनीतिज्ञहरुलाई भेट्ने गरेका छन् । परराष्ट्र मन्त्रालयको भुमिका प्रभावकारी नहुँदा यस्तो समस्या देखिएको भारतका लागि पुर्व नेपाली राजदूत प्राध्यापक डाक्टर लोकराज बरालको भनाई छ।

नेपालमा विदेशी राजदूतसँग भेटघाट गर्न नेपाली नेताहरु तछाडमछाड जस्तै गर्छन । खासगरी भारतीय राजदूतसँग भेटघाट गर्ने नेताको लर्काे लामै देखिन्छ । पूर्वप्रधानमन्त्री र पार्टी अध्यक्ष भएकाहरु समेत भारतीय राजदूतलाई भेट्न होटलमा र दूतावासमम्मै पुग्ने गर्छन ।

यो प्रबृती गलत हो । अर्कोले भेट्दा गलत भयो भन्ने कराउने एउटा पार्टीका नेताहरु पछी आफु पनी त्यही प्रवृतीलाई दोहोराउने गर्दछन् । कोही लुकेर भेट्छन् त कोही खुलेआम । कांगेस केन्द्रीय सदस्य धनराज गुरुङ भारतीय राजदुतले अहीले गरीरहेको भेटर्वार्ता राजनीतिक दायरा भित्र नपर्ने र कुटनीतिक मर्यादा विपरीत भएका बताउनु हुन्छ ।

नयाँ राजदुतले भेटर्वार्ता गर्नु स्वभाविक भएपनी कुटनीतीक मर्यादा र राष्ट्रीय स्वाभिमानको ख्याल गरीएको छ की छैन भन्ने विषय महत्वपुर्ण रहेको विद्यार्थी नेतृ तथा अनेरास्ववियुकी पुर्व उपाध्यक्ष सुनिता बरालको भनाई छ ।

आफ्नो देशको कुटनीतिलाई कती उच्च स्थानमा राख्ने भन्ने कुरा देशका उच्च पदाधिकारी र राजनीतिज्ञहरुको हातमा रहेको हुन्छ । उनीहरुले परराष्ट मन्त्रालय मार्फत आएका विदेशी कुटनीतिज्ञसंग मात्रै भेटवार्ता गर्नु पर्ने हो ।

तर यहाँ परराष्ट्र मन्त्रालयलाई थाहै नदिइ नेताहरुदेखि उच्च सरकारी अधिकारीसँग खुलेआम भेटवार्ता गरिरहेका देखिन्छन् । कतिपय राजदूत त सार्वजनिक मञ्चबाटै नेपालको राजनीतिकाबारेमा खुलेआम आलोचना समेत गर्न पछि पर्दैनन् ।

यसमा पनि खासगरी भारतीय राजदूत नै अग्र स्थानमा रहेका देखिन्छन् । नेपाल आएको दुई दिन नबित्दै भारतीय राजदूतले देखाएको राजनीतिक भेटघाटलाई धेरैले अस्वभाविक र कुटनीतिक मर्यादा विपरीत भएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);