कोरोना प्रभाव : भेला, सम्मेलन र सभा लगायतका कार्यक्रमहरु स्थगित गर्ने कांग्रेसको निर्णय | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

कोरोना प्रभाव : भेला, सम्मेलन र सभा लगायतका कार्यक्रमहरु स्थगित गर्ने कांग्रेसको निर्णय

nepali congress

काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका सबै तहका भेला, सम्मेलन र सभा लगायतका कार्यक्रमहरु स्थगित गरेको छ ।

विश्वभरी नै कोरोना भाइरस (कोभिड—१९) को सन्त्रास फैलिएका बेला कांग्रेसले पार्टीका सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी गरिएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टीका सभा सम्मेलन स्थगित भएपनि पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु भने जारी नै रहनेछन् । पार्टीका समायोजन, क्रियाशिल नवीकरण र वितरण लगायतका काम सम्बन्धित समिति मार्फत जारी रहेको उहाँले बताउनुभयो ।

सरकारी लापरवाही र ढिलासुस्तीका कारण कोरोनाको संक्रमण फैलिन सक्ने खतरालाई कांग्रेसले गम्भिर रुपमा लिएको जनाएको छ । जोखिमको सामना गर्ने राष्ट्रिय अभियानमा सरकारसँगै रहेको उल्लेख गर्दै शर्माले सरकार र सम्बन्धित निकायले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिहरुको पालना र कार्यान्वयनमा सबैलाई आत्मसाथ गर्न पनि अपिल गर्नुभयो ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोनाको उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराएको अवस्थामा ‘शहरदेखि गाउँसम्म र गाउँ टोल हुँदै घरसम्म’ सतर्कता र चेतानाको अभियान पार्टीले अघि बढाउने उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);