पशु बीमा अनुदान लगायतका कार्यक्रममा निरन्तरता | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

पशु बीमा अनुदान लगायतका कार्यक्रममा निरन्तरता

काठमाडौं, १७ फागुन । सरकारले व्यवसायीक किसानहरुको प्रोत्साहनका लागि अघि सारेका कार्यक्रमहरुलाई निरन्तरता दिएको जनाएको छ ।

शनिबार राजधानीमा भएको पशुपंक्षी पालक व्यवसायिक कृषि क्षेत्रमा रहेका अवसर र चुनौती विषयक अन्तरक्रियामा बोल्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. चन्द्र ढकालले पशुबीमामा अनुदान लगायतका कार्यक्रमहरुमा निरन्तरता दिएको बताउनुभयो ।

अहिलेसम्म सरकारले १ अर्ब रुपैयाँ विमान अनुदानका लागि भूक्तानी गरिसकेको छ । २५ अर्ब बराबरको बीमा भएकोमा २२ अर्ब बराबरको बीमा पशुपंक्षीको मात्रै भएको उहाँले बताउनुभयो ।

सरकारले पशुको क्षति न्युनिकरणका लागि पशुबीमा अनुदानको रुपमा ७५ प्रतिशत अनुदान दिँदै आएको छ । व्यवसायीक किसानहरुलाई कुनै पनि प्रकारको गाडी खरिदमा भन्सार छुट दिएको छ । १ सय भन्दा बढी गाईंभैसी पालिरहेका किसानहरुले यो अनुदान पाउने उहाँले बताउनुभयो ।

पशु सेवा विभागका महानिर्देशक डा. बंशी शर्माले सरकारले बाहिरबाट आउने पशुपंक्षीलाई क्वारेन्टाइन चेकजाँचमा कडाई गरिएको बताउनुभयो । क्वारेन्टाइन पास भएका पशुपंक्षीमात्रै भित्र्याउने गरी सरकारले कदम चालेपछि अहिले बाख्रापालन गर्ने किसानहरु बढेका छन् । बाहिरबाट आउने पशुहरुसँगै कुनै पनि प्रकारको रोग नआवस भन्नेतर्फ सरकार सजग रहेको उहाँले बताउनुभयो ।

कृषि तथा पशुपालन क्षेत्रका व्यवसायिक किसानहरु पहिलो पटक संगठित भएका हुन् । नव निलहरी मिश्रित कृषि समूह मध्यपुर र चम्पादेवी कृषि समूह मनोहराले व्यवसायिक किसानहरुलाई संगठित गरेको हो । शनिबार पशुपंक्षी पालक व्यवसायिक कृषि क्षेत्रमा रहेका अवशर र चुनौती विषयक अन्तरक्रियामा सहभागि किसानहरुले आफ्नो समस्याहरु सुनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);