काठमाडौं, १५ फागुन । त्रिभुवन विश्व विद्यालयले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मिति तोक्ने र स्थगित गर्ने प्रकृया नियमित झै छ । यसपटक पनि त्रिभुवन विश्व विद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ गते तोकेपनि स्थगित भएको छ । यसपटक पनि त्रिविले विगतको नजिरलाई पुनः दोहोराएको छ ।
विद्यार्थी संगठन स्ववियु निर्वाचन मिनी निर्वाचनको रुपमा लिइन्छ । स्ववियु राजनीतिक दलका भातृसंगठनहरुबीचको सांगठनिक हैसियत देखाउने जनमतको आधार पनि हो ।
विद्यार्थी हकहितको लागि अधिकारको उपयोग गर्ने फोरम स्ववियु भएपनि पटक पटक स्थगित गर्दै आएको छ । तर, विश्वविद्यालयले स्ववियु निर्वाचन गर्न सक्षम रहेको दाबी गर्दै आएको छ ।
त्रिभुवन विश्वविद्यालय निर्वाचन गराउन तयार रहेको दाबी गर्दै आएपनि विद्यार्थी संगठनले एकले अर्कालाई दोष लगाउँदै आएका छन् ।
तर, यता अर्काे ठूलो विद्यार्थी संगठन नेविसंघले विश्वविद्यालयले तयारी पुरा नगरेको दाबी गर्दै आएको छ । विश्वविद्यालयले तयारी विना नै निर्वाचन गराउने प्रचार गरेकोले आफ्नो संगठनको असहमति रहको नेविसंघको दाबी छ।
देशका प्रमुख विद्यार्थी संगठन स्ववियु निर्वाचनको लागि तयार रहेकोले स्ववियु निर्वाचन हुने एकथरि संगठनको दाबी छ । त्रिवि प्रशासन पनि सकारात्मक भएकाले यहि चैत्र मसान्तभित्र निर्वाचन हुने अनेरास्ववियुका संयोजक ऐन महरले विश्वास व्यक्त गर्नुभयो ।