च्याम्पियन्स लिगमा सिटीसँग रियल स्तब्ध | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

च्याम्पियन्स लिगमा सिटीसँग रियल स्तब्ध

real vs city

एजेन्सी, १५ फागुन । च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को पहिलो लेगको खेलमा म्यान्चेष्टर सिटीसंग रियल मड्रिड पराजित भएको छ । बुधबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले रियल मड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा जित निकाल्दै सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा आफुलाई बलियो बनाएको छ । खेलमा अग्रता घरेलु टोली रियलले ६० औ मिनेटमा ईस्कोको गोलबाट लिएको थियो । ७८ औ मिनेटमा ग्याब्रियल जिससले खेल बराबरीमा ल्याएका थिए ।

खेल सकिन ७ मिनेट बाँकी छदाँ केभिन डी ब्रुईनीले पेनाल्टीमा गोल गर्दै सिटीलाई खेलमा अग्रता दिलाए । ८६ औ मिनेटमा रियलका कप्तान सर्जियो रामोस रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोलीले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो ।

च्याम्पियन्स लिगमा सिटीले रियल मड्रिडलाई पहिलो पटक पराजित गरेको हो । दोस्रो लेगको खेल सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा मार्च १० मा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);