लापरवाहीका कारण बिरामीको मृत्यु भए चिकित्सकले नै क्षतिपूर्ति तिर्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

काठमाण्डौँ, २ असोज । सरकारले हरुको मृत्यु भएमा चिकित्सकलाई नै क्षतिपूर्ति तिराउने तयारी गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले बिरामीहरुको मृत्यु भएमा चिकित्सकहरुबाटै क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था हुने गरी विधेयक तयार पार्न पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

चिकित्सकहरुकै लापरबाहीका कारण कतिपय अस्पतालहरुमा बिरामीहरुको ज्यान जाने गरेकाले सम्बन्धित चिकित्सकबाटै पीडितलाई क्षतिपूर्ति दिलाउने कानुनी व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय लिनु परेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्पष्ट पारे ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव पनि स्विकृति गरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);