काठमाडौं, १० फागुन । यस वर्षको महाशिवरात्री पर्वलाई थप आकर्षण बनाउन यस पटक पशुपति क्षेत्रमा फूलैफूलले निकै सजाइएको थियो । लाखौं खर्च गरेर बनाइएको फुलको सजावट एक रात पनि टिक्न सकेन ।
सजाइएको फूल पशुपति क्षेत्रमा भेटिने बाँदरले नभई मान्छेले चोर्दा लाखौं खर्च गरि सजाइएको फूल दुई दिन पनि टिक्न सकेन ।
पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रीका दिन पशुपतिमा १० लाख भक्तजनलाई भित्र्याउने लक्ष्य राखेको थियो । लाखौं भक्तजन आउने अनुमान गरी कोषले भक्तजनलाई आकर्षित गर्न परिसरलाई लाखौं खर्चेर सिंगार्ने काम गरेको थियो ।
यही अनुसार व्यवस्थापन र सिंगारको लागि विगतको तुलनामा यस वर्ष पशुपतिनाथ मन्दिरलाई निकै नै सुन्दर तरिकाले फुलैफुलले सिंगारिएको थियो ।
पशुपति क्षेत्र विकास कोषका अनुसार व्यवस्थापनको लागि दुई करोड बढी खर्चिएको थियो । लाखौँ रुपैयाँ त फूलको सजावटको लागि मात्रै खर्चिएको थियो । लाखौं लगानी गरेर सिंगारीएको पशुपतिनाथको सुन्दरता एक रात पनि टिक्न नसक्दा त्यहाँ दर्शन गर्न गएका भक्तजनहरु प्रति सभ्यताको प्रश्न उठिरहेको छ ।
पशुपति क्षेत्रका मुख्य द्वारहरु तथा परिसरमा रहेका पशुपतिको बसाह लगायतका ठाउँमा आकर्षक ढंगले फूलले सजाइएको थियो । मान्छेले भेटिने ठाउँका कहीँ पनि सजाइएका फूलहरु बाँकी रहेनन् ।
बांदरबाट फूल जोगाउन गाह्रो होला भनेर सोचिएकोमा फूललाई जोगाउन बाँदरबाट नभई मान्छेबाटै जोगाउन सकिएन । मानिसहरुले नै फुलको सुन्दता नष्ट गरे पछि मानव र जनावरमा केही फरक नरहेको पनि पशुपति क्षेत्र विकास कोषका निर्देशक डाक्टर घनश्याम खतिवडा बताउनु हुन्छ ।
यसपटक महाशिवरात्री पर्वलाई थप रौनकता दिन पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको सजावटमा निकै मिहिनेत गरेको थियो । सफाई, फूलहरुको सजावट, सुरक्षा, व्यवस्थाको निकै सतर्कता अपनाइएको पाइन्थ्यो ।
तर पहिलो पटक लाखौं रकम खर्चिएर गरिएको फूलको सजावट भने एक रात पनि टिक्न सकेन । धर्म गर्न भनेर मन्दिर पुगेकाहरुले सजाइएका फूललाई चुँडेर फाली असभ्य नागरिकको परिचय गराएका छन् ।
यस्तै असभ्यता यस अघि, चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्दा कोटेश्वर तिनकुनेमा सजाईएको दुवो चोरेर देखाएका थिए । राजधानी काठमाडौं बस्ने नागरिक भनेर गर्व गर्नेहरुका चेतना माथि यि दुई घटनाले प्रश्न उठाएको छ ।