इतिहासको कदर गर्दै वीर पूर्खाहरुको विरताको सम्मान गर्नुपर्छ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८१, बिहीबार

इतिहासको कदर गर्दै वीर पूर्खाहरुको विरताको सम्मान गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको कदर र विरपूर्खाहरुको विरताको सम्मान गर्नुपर्ने बताउनुभएको छ । चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुग्नुभएका प्रधानमन्त्री ओलीले पूर्खाहरुको योगदानको कदर गर्नुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले पुर्खाहरुको कामलाई प्रेरणाका रुपमा लिइ देश र राष्ट्रिय एकताप्रति इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्नुपर्ने समेत बताउनुभयो । दहचोक पुगेर ओलीले एकिकृत नेपालको पहिलो सेनापति काजी कालु पाँडेप्रति श्रद्धासुमन समेत व्यक्त गर्नुभएको छ ।

उहाँले पाण्डेको समाधिस्थल रहेको पूर्णकदको शालिकमा माल्यार्पण समेत गर्नुभएको छ । पहिलो पटक ४ वर्षअघि त्यहाँ पुगेको स्मरण गर्दै ओलीले आफुले पहिलो पटक आउँदा पाँडेको पूर्ण कदको शालिक बनाउने, दहचोक महोत्सव गर्ने र गढीहरुको संरक्षण गर्ने वाचा गरेकोमा अहिले पुरा हुँदै गएको बताउनुभयो । विभिन्न जिल्लामा रहेका गढीहरुको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने समेत उहाँले बताउनुभयो ।

आफु पहिलो पटक आउँदा सडक पुरै धुलो र डरलाग्दो रहेको उल्लेख गर्दै ओलीले चाँडै उक्त सडक कालोपत्रे हुने बताउनुभयो । हिउँदमा चिसोले काम हुन नसकेकाले केही ढिला भएको उल्लेख गर्दै ओलीले अर्को वर्षको महोत्वसमा आउँदा पिच बाटोमा सरर आउने बताउनुभयो । ओलीले भूकम्पबाट क्षतिग्रस्त भएर पुननिर्माण भएका दुइवटा सतलको समेत उद्घाटन गर्नुभएको छ ।

सार्वजनिक कार्यक्रमहरुमा सधै सञ्चारमाध्यमको आलोचना गर्ने प्रधानमन्त्री ओली शुक्रबार दहचोकमा भने त्यो विषयमा बोल्नुभएन् । त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो भाषणका क्रममा भ्रष्टाचार र सुशासनका विषयमा अधिकांश समय खर्चने गर्नुभएकोमा शुक्रबार भने त्यो विषयमा पनि बोल्नुभएन् ।

प्रधानमन्त्री ओली कार्यक्रममा झण्डै १५ मिनेट बोल्नुभएको थियो । अधिकांश समय उहाँले कालु पाँडेको प्रशंंसा गर्नुभएको थियो । भूकम्पपछिको पूनर्निमाणका विषयमा बोल्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);