सताक्षी गोल्डकप : आर्मीलाई हराउँदै मच्छिन्द्र फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

सताक्षी गोल्डकप : आर्मीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

झापा, ९ फागुन । मच्छिन्द्र फुटबल क्लब झापामा जारी सताक्षी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो ।

मच्छिन्द्रको जितमा रेजिन सुब्बाले एक गोल गरे । आर्मीका विकास खवासले एक आत्मघाती गोल गरे । यससँगै आर्मीलाई नै हराएर सहिद स्मारक ’ए’ डिभिजन लिग च्याम्पियन बनेको एक साता नबित्दै मच्छिन्द्रले अर्को प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ ।

मच्छिन्द्रले उपाधिका लागि थ्री स्टार क्लबसँग खेल्नेछ । आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार फाइनल पुगिसकेको छ । सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);