दाङमा पनि संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

दाङमा पनि संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्र

दाङ, ५ फागुन । नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रले दाङबाट आफ्नो कार्य सञ्चालन गर्न थालेको छ । अनुसन्धान केन्द्रको कार्यसँगै पिएचडी पढाईको दोश्रो सत्रको कक्षा समेत सञ्चालन भएको हो ।

यसरी राजधानी मात्रै केन्द्रीत रहेको अनुसन्धान दाङमा समेत शुरु भएपछि विद्याववरिधि गर्न पुगेका विद्यार्थीहरु सहज पुग्ने भएको छ ।

विश्वविद्यालय स्थापनासंगै स्थापना भएको अनुसन्धान केन्द्रले विभिन्न बहाना र कारण देखाउँदै काठमाडौमै कार्यालय स्थापना गरि काम गर्दै आएकोमा यस वर्षदेखि दाङमा कार्यालय सारेर काम सुरु गरेको हो ।

अनुसन्धान केन्द्रले काम सुरु गरेसंगै पिएचडी कक्षाको पढाई समेत दाङमै हुन थालेको छ । विश्व विद्यालयको केन्द्रीय कार्यालय रहेको स्थानबाट नै अनुसन्धान केन्द्र पनि सञ्चालन हुनु पर्ने माग लामो समय देखि उठ्दै आएको थियो ।

मन्त्रिपरिषदको निर्णय, विद्यार्थी संगठन, विश्वविद्यालय कर्मचारी, केही पदाधीकारीको पहलमा दाङमा केन्द्र स्थापना गरि काम सुरु गरिएको हो । लामो समयको रस्साकस्सी पछि दाङबाट अध्ययन केन्द्रले दाङको बेल्झुण्डीबाट पढाई थालेपछि विद्यार्थीहरु समेत खुशी भएका छन् ।

दाङमा बाहिरबाट विज्ञहरुलाई ल्याएर पनि यो कक्षा संचालन गर्न पाउनु राम्रो पक्ष भएको प्राध्यापक नारायण चालिसेले बताउनुभयो ।

त्यसैगरी प्राध्यापक तथा कार्यकारी निर्देशक काशिनाथ न्यौपानेले यो वर्षदेखि सुरु गरिएकोे अनुसन्धान विषयमा २ वटा कक्षा संचालन हुने बताउँदै अहिले सेमेस्टरमा ७१ जना विद्यार्थीहरुले अध्ययन गरीरहेको बताउनुभयो ।

अहिले करीव आधा दर्जन विषयमा विद्यावारिधीको अध्यापन सुरु भएको छ । विश्वविद्यालयमा अहिले गणित, राजनीति शास्त्र, अंग्रेजी, नेपाली, अर्थशास्त्र, संस्कृतका विभिन्न विषय र योग चिकित्सामा विद्यावारिधिको अध्ययन गराईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);