कोरोना भाइरसबाट १६ सय ९२को मृत्यु, ४० जना अमेरिकी पनि संक्रमित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

कोरोना भाइरसबाट १६ सय ९२को मृत्यु, ४० जना अमेरिकी पनि संक्रमित

40 americans coronavirus

एजेन्सी, ५ फागुन । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ९२ पुगेको छ । चीनमा सोमबार मात्रै १ सय जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १६ सय ९२ पुगेको हो ।

वुहानमा सोमबार १९ सय ३३ जना नयाँ संक्रमित देखिएका छन् । अहिलेसम्म हुवेई प्रान्तमा मात्रै ५८ हजार १ सय ८२ जना संक्रमित भएको चिनियाँ अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यसैबीच ४० जना अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकी मध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएपछि उनिहरुलाई जापानमै राखेर उपचार सुरु गरिएको छ ।

बाँकी ३ सय ६० जना अमेरिकी भने स्वदेश फर्किरहेका छन् । उनीहरुलाई दुई वटा चार्टर विमानमार्फत अमेरिका लगिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । चीनबाहिर नयाँ कोरोनाभाइरसबाट संक्रमित हुनेको यो सबैभन्दा ठूलो संख्या हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);