काठमाडौं, १ फागुन । औद्योगीकरण संगै बढ्दो शहरीकरणका कारण विश्व नै प्रदुषित भइरहेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालको राजधानी काठमाडोै त विभिन्न कारणले प्रतिदिन प्रदुषित हुँदै गईरहेको छ । यसको असर राजधानीको पर्यावरणमा स्पष्ट देख्न सकिन्छ ।
विश्व वातावरण संघका अनुसार भारतको नयाँदिल्ली विश्वकै सबैभन्दा प्रदुषित राजधानि हो । बंगलादेशको ढाका दोस्रो र नेपालको काठमाडौँ बढी प्रदुषित राजधानीमध्ये विश्वकै सातौँ स्थानमा रहेको तथ्यांकले देखाएको छ ।
काठमाडौंमा अनेक प्रयासका बाबजुद वातावरण प्रदुषण नियन्त्रण हुनुको साटो वर्षेनि बढ्दो क्रममा छ । यसबाट विभिन्न रोगको संक्रमण उच्च जोखिममा रहेको चिकित्सकहरुको भनाई छ ।
निर्माणाधिन संरचनाहरु समयमै पुराहुन नसक्दा र ठुलो मात्रामा धुवाँ फाल्ने पुराना सवारि साधनहरुलाई विस्थापित गर्न नसक्दा वायु प्रदुषण दिनदिनै बढीरहेको विज्ञहरुको ठम्याइ छ ।
वायु र जलमा दिनानुदिन प्रदुषणको मात्रा बढ्दै गईरहेको र बढ्दो प्रदुषणलाई नियन्त्रण गर्न युवा पुस्ता सजक हुनपर्ने वातावरण विद रामेश्वर अधिकारीको सुझाव छ ।
वातावरण प्रदुषण नियन्त्रण गर्ने उद्देश्यले सरकारले जारी गरेका नितिहरुको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । यसको प्रत्यक्ष असर जलवायु परिवर्तनमा परेको छ । वातावरण प्रदुषण बढ्नुमा सरकार र सरोकारवाला निकायको कमजोरी त छदैछ , आम नागरिक पनि सजक बन्न उत्तिकै आवश्यक रहेको वातावरण अभियन्ताहरुको भनाइ छ ।