केजरीवाल तेस्रो पटक दिल्लीको मूख्यमन्त्री बन्दै | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

केजरीवाल तेस्रो पटक दिल्लीको मूख्यमन्त्री बन्दै

arvind kejriwal

एजेन्सी, १ फागुन । आम आदमी पार्टी आपका नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिनुहुने भएको छ । दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको आम आदमी पार्टीका केजरीवाल दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लाग्नु भएको हो ।

सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ । आम आदमी पार्टीले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो भने दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो ।

यसअघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए ।शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय कांग्रेसले पछिल्ला दुबै चुनावमा खाता समेत खोल्न सकेन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);