सीमा क्षेत्रका व्यपारीलाई प्रहरीले दुःख दिने गरेको नेता कर्णको दाबी | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

सीमा क्षेत्रका व्यपारीलाई प्रहरीले दुःख दिने गरेको नेता कर्णको दाबी

काठमाडौं, २९ माघ । राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले सीमा क्षेत्रका व्यपारीहरुलाई प्रहरीले दुःख दिने गरेको दावी गर्नु भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा कर्णले कर तिरेर सामान ल्याउने गरेपनि प्रहरीले बिचमै समातेर सीमाबाट बरामद गरेको भन्दै मुचुल्का उठाएर व्यापारीलाई दुख दिने गरेको दावी गर्नु भएको हो ।

यसैगरी नेकपा सांसद झपट बहादुर रावलले छुवाछुत उन्मुलन गर्न दलित समूदायका लागि विशेष कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद मिन बहादुर विश्वकर्माले सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेपनि जनताले भने समृद्ध नेता, दुःखी नेपाली भन्ने महसुस गरिरहेका उल्लेख गर्नुभयो ।

सुखी नेपाली हुन तीन करोड जनता, सबै जाति, धर्म, र लिंगका मानिसहरु सुखी हुनुपर्ने भन्दै उहाँले दलित अयोग, दलित विकास समितिहरुलाई विघटन गर्ने नहुनेमा जोड दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);