युटिलिटी करिडोरको काम अघि बढाउन सांसदहरुको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

युटिलिटी करिडोरको काम अघि बढाउन सांसदहरुको सुझाव

bikash samiti-utility corridor

काठमाडौं, २७ माघ । सांसदहरुले तत्काल कार्ययोजना बनाएर युटिलिटी करिडोरको काम अघि बढाउन सांसदहरुले सरकारलाई सुझाव दिएका छन् । संसदको विकास तथा प्रविधि समितिमा सोमबार भएको छलफलमा सांसदहरुले युटिलिटी करिडोर अगाडी बढाउने विषयमा बैठक बसेर निर्णयहरु भएपनि कार्यान्वयनको अवस्था कमजोर रहेको भन्दै तत्काल कार्ययोजना बनाएर अगाडी बढ्न सुझाव दिएका हुन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा सांसद टोप बहादुर रायमाझीले युटिलिटी कार्यक्रमका लागि निर्णय मात्रै गरेर नहुने भएकाले ‘मास्टर प्लान’ नै बनाएर कार्यान्वयनमा जानुपर्ने बताउनुभयो । यो कार्यक्रमका लागि काठमाडौं सहर उपयुक्त नहुने रायमाझीको सुझाव छ ।

यसैगरी सांसद गणेश पहाडीले कार्यान्वयनको महत्वपूर्ण विषय कानून निर्माण भएकाले तत्काल युटिलिटी करिडोर सम्बन्धि कानून ल्याउने तर्फ सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो । सहरी विकास मन्त्रालयले फास्ट ट्रयाकबाट कानून ल्याएर कार्यान्वयन तर्फ अगाडी बढ्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

छलफलमा सांसद यज्ञ सुनुवारले खानपानीदेखि संविधान र ऐन, कानून बनाउने कुरामा विदेशीको नक्कल हुने भएपनि भौतिक पूर्वाधारका सन्दर्भमा त्यसो हुन नसकेको भन्दै ब्यंग्य गर्नुभयो ।

सांसद राम बहादुर विष्टले कति समय लगाएर निर्माण सम्पन्न गर्न सकिने खर्च र समय निश्चित हुन जरुरी रहेको उल्लेख गर्नुभयो । सांसद महेन्द्र राय यादवले युटिलिटी करिडोर सम्बन्धि कानून अबिलम्ब बनाएर कार्यान्वयनमा लैजान आग्रह गर्नु भयो ।

सडकको दायाँ बायाँ पानी, विजुली, टेलिफोन, केवल लगायतका तारहरु भूमिगत गर्नका लागि युटिलिटी करिडोरको अवधारणा अघि सारिएको हो । तर आवश्यक कानुन बन्न नसक्दा काम अघि बढ्न सकेको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);