संघीयताको विषयमा पुनर्विचार गर्न सकिन्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

संघीयताको विषयमा पुनर्विचार गर्न सकिन्छ : प्रचण्ड

नुवाकोट, २५ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीयताको विषयमा पुनर्विचार गर्न सकिने बताउनु भएको छ । शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूले सोचेजस्तो संघीयता अहिले नआएको उल्लेख गर्दै संघीयताबारे अझै बहस गर्न सकिने बताउनु भएको हो ।

उहाँले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताबाहेक सबै कुरा संशोधन हुन सक्ने उल्लेख गर्नु भयो । अहिले भएका संरचनामा देखिएका असन्तुष्टि आउँदा दिनमा हेरफेर हुन सक्ने सम्भावना रहेको भन्दै अध्यक्ष दाहालले धैर्य गरेर बस्न आग्रह समेत गर्र्नुभयो ।

अहिलेका लागि राष्ट्रिय राजनीतिमा स्थायित्व बनाइ राख्न र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको सहज वातावरण बनाउन आफूहरूले संघीय संरचना निर्धारण गरेको दाहालको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);