कार्यबिधी बनाएर मात्र नदीजन्य पदार्थको ठेक्का | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

कार्यबिधी बनाएर मात्र नदीजन्य पदार्थको ठेक्का

कपिलवस्तु, २३ माघ । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले कार्यबिधी बनाएर मात्र नदीजन्य पदार्थको ठेक्का लगाएको प्रष्ट पार्नु भएको छ ।

बिहीवार पत्रकारसंग कुराकानी गर्दै प्रमुख सिहंले प्रदेश सरकारले बनाएको कार्यबिधि अनुसार नदीजन्य पदार्थको ठेक्का लगाएको प्रष्ट पार्नु भएको हो । प्रदेशले तोकेको मापदण्ड अनुसार ठेक्का दिँदा उपभोक्ता चरम मारमा पर्ने उहाँको दाबी छ।

गत बर्ष नै आफुहरुले उक्त कार्यबिधिलाई संशोधन गर्न माग गरेपनि कुनै सुनुवाई नभएको उहाँको भनाई छ । प्रदेश सरकारको कार्यविधिमा घाटगद्दीबाट नदीजन्य पदार्थको उपयोग गर्न पाइने प्रावधान छ ।

यसबाट नदीजन्य पदार्थ खरिद गर्दा प्रति क्युबिक फिट १७ रुपैयाँ तिर्नुपर्ने हुन्छ । जुन अव्यवहारिक भएको भन्दै गत बर्ष नै स्थानीय तहहरुले विरोध जनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);