सम्पदा पुनर्निर्माण पहिलो प्राथमिकतामा | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

सम्पदा पुनर्निर्माण पहिलो प्राथमिकतामा

काठमाडौं, २३ माघ । स्थानिय तहमा जनप्रतिनिधि आएको पनि साढे २ वर्ष भन्दाबढी भइसकेकोछ । स्थानीय तहमा जनप्रतिनिधि नहुँदा सास्ती खेपेका सर्वसाधारले साढे २ बर्षमा पनि सोचे जति राहत महसुस गर्न भने सकेका छैनन् ।

तर, चुनाव जितेर गएका कतिपय जनप्रतिनिधिले जनताका सानातिना समस्या पनि समाधान गर्न सकेका छैनन् भने कतिपयले भने जनताका समस्या समाधानमा निकै तत्परता देखाएका छन् ।

अहिले हरेक स्थानियतहमा जनप्रतिनिधि छन् । तर थोरै जनप्रतिनिधले बाहेक धेरैले जनताका समस्याहरुलाई निरुपण गर्न सकेका छैनन् । कतिपय जनप्रतिनिधिले गाउँठाउँमा साना साना भएपनि विकासका कामहरु गरेका छन् ।

त्यसमध्ये एक हो काठमाडौं महानगरपालिकाको १५ नम्वर वडा । काठमाडौं महानगरका ३२ वडा मध्ये १५ नम्वर वडामा विश्व सम्पदा सुचीमा सुचीकृत स्वयम्भु पनि पर्छ । जनप्रतिनिधि आएपछि यस वडाले सम्पदा पुननिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरीरहेको छ ।

स्वयम्भु, डल्लु, भुईँखेल लगायत यस १५ वडामा २५ देखी ३० वटा टोलहरु छन् । जनप्रतिनिधी आउनु अघि वार्षिक ३० लाख बजेट विनियोजन हुने गरेकोमा जनप्रतिनिधि आएपछि जनताको चाप र योजनाहरु धेरै भएका कारण पहिलेको दाँजोमा बढी बजेट विनियोजन हुने गरेको छ । र खर्च पनि ह्वात्तै बढेको छ ।

जनप्रतिनिध आएपछि २०७४/०७५मा २ करोड २५ लाख, ०७५/०७६मा ३ करोड र २०७६/०७७मा ४ करोड ५० लाख विनियोजन भएको थियो । ४ करोड ५० लाखमा ढल, बाटाघाटा लगायतका काममा २ करोड खर्च भईसकेको छ ।

स्थानीयतहमा जनप्रतिनिधि आएसंगै खर्च पनि त्यतिकै बढेको छ । तर सो खर्च कहाँ र केमा भईरहेको छ भनी जनता अनभिज्ञ नै देखिन्छन् । तर अरु वडाको दाँजोमा कामपाको १५ वडाले गरेका कामहरु सन्तोषजनक रहेको स्थानीयको अनुभव छ ।

स्थानीयतहमा जनप्रतिनिधि आएपछि धेरै समस्या हल हुने सबैको चाहना हुन्छ । त्यसैले हरेक स्थानीयतहले भएको खर्चलाई पारदर्शि गर्दै जनताका समस्या बुझेर काम गर्नूपर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);