कांग्रेसको अवरोध पछि संसद शुक्रबारसम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

कांग्रेसको अवरोध पछि संसद शुक्रबारसम्मका लागि स्थगित

samsad sthagit

काठमाडौं, २३ माघ । संघिय संसद अन्तरगर्तको प्रतिनिधिसभाको बिहिवारको बैठक कार्यसुचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले पुर्वाग्राही बनेर मुद्दा दायर गरेको आरोप लगाउदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अघी बड्न नदिएपछी बैठक स्थगित भएको हो ।

सभामुख अग्नि सापकोटाले बैठक सुरु गरेलगत्तै बोल्नु भएकी कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले राजनीतिक प्रतिशोध साँध्न अख्तियारले मुद्दा चलाएको भन्दै बैठक अघि बढ्न नदिने घोषणा गर्नु भएको थियो । सचेतक भुसालले अख्तियारको यो कदमले सबैधानीक आयोग सरकारको छाँयामा रहेको प्रष्ट भएको समेत बताउनु भयो ।

काँग्रेस संसदिय दलका उपनेता विजयकुमार गच्छदार सहित १ सय ७५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार बिषेश अदालतमा मुद्दा दायर गरेको थियो । संसदको अर्को बैठक सुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।