गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको विदाई | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको विदाई

गृहसचिव प्रेम कुमार राई

काठमाडौं, २० माघ । गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको सोमबार एक औपचारिक कार्यक्रमकाबीच विदाई गरिएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले उहाँले विदाई गर्नुभएको हो ।

२२ महिना गृह सचिवको जिम्मेवारी सम्हाल्नुभएका राईले आइतबारबाट लागु हुनेगरी यसअघि नै राजीनामा दिनुभएको थियो । विदाई कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले गृहसचिवबाट विदाई गरिएपनि राईलाई नयाँ जिम्मेवारीमा पठाउने तयारी भएको बताउनुभएको छ ।

‘उहाँ गृहसचिवबाट मात्रै विदाई हुनुभएको हो । उहाँलाई नयाँ अभियान, नयाँ सेवा र नयाँ जिम्मेवारीमा पठाउँदैछौँ’, मन्त्री थापाले भन्नुभयो ।

थापाले विशेष जिम्मेवारी दिइने घोषणा गरेसँगै राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी सरकारले गरको बुझिाएको छ । थापाले राईको इमान्दारीता, योग्यता र राष्ट्रप्रेमका कारण मन्त्रालयले धेरै सफलता पाएको बताउनुभएको छ ।

विदाई कार्यक्रममा सचिव राईले गृहमन्त्री र मन्त्रालयका अन्य कर्मचारीहरुको सहयोगबाट २२ महिनामा धेरै सुधारका काम गरिएको बताउनुभयो । प्रशासन सुधार, सुशासन कायम गर्न, प्रहरी प्रशासनमा लामो समयदेखिको बढुवा प्रकृया लगायतका सुधारका काम आफ्नो कार्यकालमा भएको उहाँले बताउनुभयो ।

राईले गृहमन्त्रीको आँट र सहयोगकै कारण सुनकाण्ड, सिण्डिकेट अन्त्य लगायतका कामहरु भएको बताउनुभयो । राईले अवकाश हुनु ३ दिन अगाडी नै राजीनामा दिनुभएको थियो ।

राईसँगै अर्थमन्त्रालयका सचिव राजन खनाल, सचिवहरु गजेन्द्र ठाकुर र रामकुमार आचार्यले पनि २२ माघबाट अनिवार्य अवकाश पाउँदैछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);