वुहानबाट फर्काईएका नेपालीलाई कहाँ राख्ने ? | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

वुहानबाट फर्काईएका नेपालीलाई कहाँ राख्ने ?

wuhan corona nepali

काठमाडौं, २० माघ । चीनबाट सुरुभएको कोरोना भाइरसको प्रकोप थुप्रै मुलुकमा फैलिएपछि विश्वभर त्रास छाएको छ । विभिन्न देशले चीनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काई रहेका छन् । नेपालले पनि चीनमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने तयारी गरिरहेको छ । तर चीनबाट आउने नेपालीलाई अलग राख्ने ठाँउको अझै व्यवस्था गर्न सकेको छैन् ।

चीनमा अहिले कोरोना भाइरसको महामारी छ । यो रोग चीनको हुबेई प्रान्तको राजधानी वुहान सहरबाट सुरु भएको हो । कोरोना भाइरस अहिले २४ वटादेशमा फैलिसकेको छ । हरेक देशले चीनमा रहेका आफ्नो नागरिकलाई स्वदेशमा फर्काउन थालीसकेका छन् । तर नेपाल सरकारले आईतबार पत्रकार सम्मेलन गरेर चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेको जनाएको छ ।

सरकारले १ सय ७७ जना नेपालीलाई ल्याउने तयारी गरेको छ । चीनबाट स्वदेश फर्काएपनि उनीहरुलाई अलग्गै राख्ने ठाँउको व्यवस्था भने अहिलेसम्म भएको छैन ।

नेपालमा चीनबाट फर्केका एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने पाँच जनामा नेगेटिभ देखिएका अस्पतालले जनाएको छ । चीनबाट फर्केकालाई अहिले काठमाडौंस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा अलग्गै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

चीनमा कोरोना भाइरसबाट ३ सय ६२ जनाको मृत्यु भइसकेको छ भने साढे १४ हजार जति संक्रमित देखिएको छन् । नेपालमा चीनबाट फर्काइएकाहरुलाई केहिदिन अलग राखेर परिक्षण गर्नु पर्ने हुन्छ । तर अहिलेसम्म त्यस्तो ठाउँको व्यवस्थापन हुन नसक्नु पक्कै पनि चिन्ताजनक पाटो हो ।

केरोना भाइरसलाई विश्व स्वास्थय संगठनले स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । चीनबाट अन्य देशमा भित्रिने नागरिकहरुमाथि कडा निगरानी अपनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);