नेपाल चिकित्सक संघको कार्यकारिणी समितिका लागि मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

नेपाल चिकित्सक संघको कार्यकारिणी समितिका लागि मतदान जारी

chikitsak sangh

काठमाडौं, २० माघ । नेपाल चिकित्सक संघको २८ औं कार्यकारिणी समितिका लागि सोमबार पनि मतदान जारी छ । संघको केन्द्रीय कार्यालय राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनिमार्गमा पाँच दिनका लागि मतदान तय भए अनुसार चौथो दिन सोमबार पनि मतदान जारी रहेको हो ।

केन्द्रीय निर्वाचन अधिकृत डाक्टर योभिनकुमार यादवले दुईचरणमा निर्वाचन गरिएको र पहिलो चरणमा उपत्यका बाहिरका १६ वटै शाखामा आइतबार नै मतदान सम्पन्न भइसकेको बताउनुभयो । पहिलो चरणमा तीन दिन सम्म भएको मतदानमा कुल २ हजार ८ सय ५१ मत खसेको छ ।

दोस्रो चरण अन्तर्गत उपत्यकामा भएको मतदानको तेस्रो दिन आइतबारसम्म १ हजार १ सय ६१ मत खसेको छ । संघको चुनावमा कुल १३ पदका लागि दुई प्यानल मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूह तर्फ डाक्टर लोचन कार्कीको समूह र प्रगतिशील समूह तर्फ डाक्टर पुष्पमणि खरालको समूह निर्वाचनमा होमिएका छन् । चिकित्सक संघमा कुल ९ हजार ९ सय १६ मतदाता रहेका छन् । मतदान मंगलबार सम्म जारी रहने छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);