नेकपाको केन्द्रिय कमिटी बैठकमा शनिबार ११ समूहका प्रतिवेदन प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८१, शुक्रबार

नेकपाको केन्द्रिय कमिटी बैठकमा शनिबार ११ समूहका प्रतिवेदन प्रस्तुत

nekapa baithak

काठमाडौं, १८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय कमिटीको पूर्ण बैठकमा शनिबार ११ वटा समूहका प्रतिवेदनहरु प्रस्तुत भएका छन् ।

बुधबारबाट जारी बैठकमा विभिन्न ११ वटा समूहका नेताहरुले आफ्नो समूहको प्रतिवेदन प्रस्तुत गरेका हुन् । यसअघि शुक्रबार ४ वटा समूहका प्रतिवेदन प्रस्तुत भएका थिए ।

नेकपा केन्द्रीय सदस्य प्रेमल कुमार खनालले पार्टीलाई एकतावद्ध बनाउनुपर्ने, एकता र एकीकरणको लय बढाउँदै लानुपर्ने, पार्टी सदस्यता नविकरणलाई प्राथमिकता दिनुपर्ने र विदेशी मुलुकहरुसँग पञ्चशिलको आधारमा सम्बन्धहरु कायम गर्नुपर्ने कुरा बैठकमा सबै समूहबाट प्रस्तुत भएको बताउनुभयो ।

त्यसैगरी नेकपाभित्र बहसको विषय बनेको एमसीसीका सन्दर्भमा पार्टीभित्र गम्भिर रुपमा छलफल गर्नुपर्ने, राष्ट्रियता र सुरक्षाका हिसाबले बलियो बनाउँदै राष्ट्रियतामा आँच नआउने गरी अगाडी बढाउनुनपर्ने माग पनि बैठकमा उठेको छ ।

पार्टीको अर्को केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नेगरी गम्भिर रुपमा अध्ययन गरेर निष्कर्ष निकाल्नुपर्ने माग पनि बैठकमा भएको उहाँले बताउनुभयो । बैठकमा संवैधानिक अंगहरुमा नियुक्त गर्नुपर्ने र राज्यकोषबाट पेन्सन पाइरहेका व्यक्तिहरुलाई संवैधानिक निकायको नेतृत्वमा पु-याउन नहुने माग पनि भएको छ ।

त्यसैगरी पार्टीका हरेक कमिटीमा महिला सहभागिता अनिवार्य गराउनुपर्ने, केन्द्रीय सचिवालय १५ सदस्यीय बनाएर महिला सहभागिता गराउनुपर्ने माग पनि भएको उहाँले बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एउटा व्यक्ति कति पटकसम्म लाभको पदमा बस्न पाउने भन्ने कुराको मापदण्ड बनाउनुपर्ने विषयमा पनि बैठकमा उठेको छ ।

एउटै व्यक्तिले पटक पटक अवशर पाउँदा पार्टीका लागि त्याग गरेका कैयौँ नेता कार्यकर्ताहरुलाई उपेक्षा हुने र पार्टीमा निराशा बढ्ने भएकाले यसतर्फ ध्यान दिन पनि आग्रह गरिएको उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);