काठमाडौं, १६ माघ । ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ, पहिलो खेल च्यासल र फ्रेन्ड्स तथा दोस्रो खेल ब्रिगेड ब्वाईज र एनआरटीबीच हुने भएकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने नवौं चरणको अन्तिम खेल च्यासल र फ्रेन्ड्स तथा ब्रिगेड ब्वाईज र एनआरटीबीच हुने भएको हो । ललितपुर डर्बीको फ्रेन्ड्स र च्यासलबीच दिउँसो १२ बजे खेल हुनेछ । च्यासल ९ अंक सहित तालिकाको नवौं स्थानमा छ । फ्रेन्ड्स ८ अंक सहित ११ औं स्थानमा छ ।
दोस्रो खेलमा ब्रिगेड ब्वाईज र एनआरटी दिउँसो ३ बजे आमने सामने हुनेछन् । ब्रिगेड ८ अंक सहित दशौं र एनआरटी १२ अंक सहित छैटौं स्थानमा छ ।