भन्सारमा नगद कारोबार बन्द, बैंकिङ कारोबार सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

भन्सारमा नगद कारोबार बन्द, बैंकिङ कारोबार सुरु

काठमाडौं, १० माघ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले अब नेपाली भन्सारहरु ‘क्यास लेस’ भएको बताउनुभएको छ । भन्सार दिवसका अवसरमा भएको विशेष पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक दाहालले भन्सारहरुमा नगद कारोबार बन्द भएको बताउनुभएको हो ।

पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँचपास हुने गरेकोमा अहिले सबै आर्थिक कारोबार बैंकिङ प्रणाली मार्फत हुने गरेको उहाँले बताउनुभयो ।

‘भन्सार क्यास लेस भएको छ । पहिले पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँच पास हुन्थ्यो । अहिले सबै भन्सारमा बैंक सिस्टममा भुक्तानी हुन्छ । भन्सार प्रशासनले क्यास कारोबार गर्दैन । अझ बैंकसँग पनि जानु नपर्ने गरी डिजिटल पेमेन्टमा काम गरिरहेक छौँ । यसका लागि राष्ट्र बैंक, मन्त्रालय र भन्सार विभागबीच छलफल भइरहेको छ’, उहाँले भन्नुभयो ।

दाहालले नेपाल नेशनल सिंगल विण्डो सिस्टमको विकास भइरहेको र अबको केही समयपछि कार्यालयहरुको अन्तर समन्वयमा देखिएको समस्या हल गर्ने बताउनुभयो । सिस्टममा पहिलो चरणमा २१ भन्दा बढी कार्यालय एकै छातामुनि रहने भएकाले समन्वयको अभाव नदेखिने उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);