काठमाडौं, १० माघ । ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले १६ अंकको अग्रता लिएको छ । पछिल्लो खेलमा उल्भ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले २३ खेलमा ६७ अंक बटुलेर दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १६ अंकले पछि पारेको हो ।
लिभरपुलको जितमा कप्तान जोर्डन हेन्डरसन र रोबर्टो फिर्मिन्होले १–१ गोल गरे । उल्भ्सका राउल जिमेनेजले एक गोल फर्काएका थिए ।
जारी प्रिमियर लिगमा लिभरपुलले पछिल्ला १४ खेलमा जित निकालेको छ । लिभरपुल प्रिमियर लिगको ४० खेलमा अपराजित रहने तेस्रो टोली भएको छ ।