कांग्रेसका शीर्ष नेताहरु छलफलमा | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

कांग्रेसका शीर्ष नेताहरु छलफलमा

nepal-congress

काठमाडौं, ९ माघ । पार्टी भित्र देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

बुधबार पार्टीसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत असन्तुष्ट पक्षका नेताहरुबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको हो । सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको छलफलमा विवाद समाधानका लागि अहिलेसम्म भएका गृहकार्यहरुको बारेमा छलफल भएको वरिष्ठ नेता पौडेलले बताउनुभयो । शुक्रबार पुनः बैठक बसेर विवाद टुंग्याउने प्रयास हुने उहाँको भनाई छ ।

पौडेलसँगै पार्टीका महामन्त्री प्रकाशमान सिंह र नेता कृष्ण प्रसाद सिटौला छलफलका लागि बुढानिलकण्ठ पुग्नुभएको थियो । छलफलमा उपसभापति विमलेन्द्र निधि पनि सहभागि हुनुहुन्थ्यो ।यसअघि पुस २७ गते बूढानीलकण्ठमै सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाबीच छलफल भएको थियो ।

पौडेल पक्षले महाधिवेशन कार्र्यतालिका सच्याउनुपर्ने, तत्काल विभागको संख्या बढाउन नहुने र भातृ संगठनहरुको विवाद चाँडो टुंगो लगाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);