काठमाडौं, ७ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राज्यको सेवा सुविधा उपभोग गर्नेले राज्यको बारेमा बुझ्न आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार नेपाल इन्टरमोडल यातायात विकास समितिले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री भट्टले राज्यले नागरिकका सबैका समस्या समाधान गर्ने उल्लेख गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले राज्यले दिने सेवा जनता, राष्ट्र र स्वयम सेवा उपभोग गर्नेहरुलाई हुने र सबैको समस्या समाधान गर्ने दायित्व राज्यको भएको उल्लेख गर्नुभयो ।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले सरकारले देशलाई आधुनिक र समृद्धबनाउन योजनाहरु ल्याएपनि केही स्थानीयवासी, केही समुदाय र केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थका लागि अवरोध गर्ने परम्परा रहेको बताउनुभयो ।