विषादीयुक्त खाद्यान्न बजारमा नल्याउन सरकारलाई आदेश | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

विषादीयुक्त खाद्यान्न बजारमा नल्याउन सरकारलाई आदेश

pesticides

काठमाडौं, ५ माघ । विषादी प्रयोग गरिएका खाद्यान्न प्रयोग गरिने समयभन्दा अघि बजारमा आउन नदिन अनुसन्धान गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विषादीका विषयमा प्रभावकारी व्यवस्था कार्यान्वयन गर्न सरकारलाई आदेश दिएको हो ।

सर्वोच्चले विषादी प्रयोग गरिएका खाद्यान्न कति समयपछि प्रयोगमा ल्याउन सकिने हो भन्ने कुरा विशेषज्ञबाट यकिन गर्न पनि उनीहरुले दिएको आदेशको पूर्णपाठमा उल्लेख छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);