विराटनगर महानगरको पत्रले सुकुम्वासीहरु चिन्तित | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

विराटनगर महानगरको पत्रले सुकुम्वासीहरु चिन्तित

विराटनगर, ४ माघ । विराटनगर महानगरपालिकाले ३५ दिन भित्र जग्गा खाली गर्न पत्र पठाएपछि महानगरपालिका–३ गोग्राहाका चोकका सुकुम्वासीहरु चिन्तित भएका छन् । सुकुम्वासीहरुलाई बसोबासका लागि कुनै व्यवस्था नै नगरी आफुहरुलाई हटाउन खोजेको भन्दै सुकुम्वासीहरुले विरोध गरेका हुन् ।

विराटनगर महानगरपालिका–३ को गोग्राहाका चोकका केही सुकुम्वासीहरु पूस्तौँदेखि बसोबास गर्दै आईरहेका छन् । तर अहिले आएर कन्यामार्ग विस्तारका लागि विराटनगर महानगरपालिकाले ३५ दिन भित्र ती सुकुम्वासी बस्ती हटाउन पत्र पठाएको छ ।

वस्ती खाली गर्न महानगरपालिकाले पत्र पठाएपछि सुकुम्वासीहरुलाई कता जाने भन्ने पीडा भएको छ । आफुहरुलाई बसोबासको उचित व्यवस्था नगरेसम्म नहट्ने सुकुम्वासीहरुको भनाई छ ।

यता नेपाल भुमिहिन सुकुम्वासी संगठन, मोरङका संयोजक बुद्धिमान लिम्वुले सुकुम्वासीहरु माथि भएको सह्य नहुने बताउनु भयो । कन्यामार्ग विस्तारका लागि सडकको दुवै छेउको जग्गा परेकोमा अर्कोतर्फका व्यक्तिले निवेदन एउटा दिएकै भरमा पुरा सुकुम्वासी वस्ती हटाउन लागिएको आरोप पनि लगाउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);