सोलुखुम्बुको तिङ्लामा स्थानिय र प्रहरीबीच झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सोलुखुम्बुको तिङ्लामा स्थानिय र प्रहरीबीच झडप

सोलुखुम्बु, ४ माघ । सोलुखुम्बुमा राष्ट्रिय विद्युत प्रसारण लाइनको उद्घाटन गर्न आयोजित कार्यक्रममा गोली चलेको छ । कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई तिङ्लामा स्थानियले अवरोध गर्दै ढुङ्गामुडा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको छ ।

मुख्य प्रभावित क्षेत्रलाई वेवास्ता गर्दै पत्तालेमा राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्न लागेको भन्दै तिङलावासीले विरोध र बहिस्कार गर्दै तिङ्ला बन्दको घोषणा गरेका थिए ।

झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएका छन् । बन्दकर्ताले १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन् । तिङ्लाको लाम्मानेमा निर्माण गरिएको ३३ केभी प्रसारण लाइनको सबस्टेशन मार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार उद्घाटन कार्यक्रम राखिएको थियो ।

तर प्रसारण लाइन सबस्टेसनबाट प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका–११, तिङ्लामा सहमति अनुसार विद्युतलाइन विस्तार नगरी वडा नम्बर–८ को पत्तालेमा प्रसारण लाइनको उद्घाटन गर्न लागेको कारण आफूहरुले विरोध गरेको उनीहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);