पेस्तोल देखाएर नदी दोहन | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

पेस्तोल देखाएर नदी दोहन

pestol dekhayera dohan

जनकपुरधाम, ४ माघ । राजनीतिक दल र नेताकै संरक्षणमा चुरेमा क्रसर डनको बिगबिगी छ। डनहरूको कब्जामा चुरे परेको छ। मधेसको जीवन संकटमा पर्दै गएकाले पूर्वराष्ट्रपति डा.रामवरण यादव चिन्तित छन्, चुरे बचाउन सबैसँग हरेक मञ्चमा आग्रह गर्छन्।

खोलाको अवैध उत्खनन रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलीप (ओमप्रकाश) महतोको क्रसर डनले २५ पुस ०७५ मा हत्या गरे। उनको हत्यापछि नदी–खोला डनको कर्तुत एकपछि अर्को बाहिर आइरहेको छ। बटेश्वर गाउँपालिका–१ का मनोजकुमार कुश्वाहा हतियारको बलमा बडहरी खोलामा बालुवा, गिट्टी उत्खनन गर्दै आएका थिए।

अवैध उत्खननविरुद्ध बोल्दा मारिदिने धम्की दिँदै आएका थिए। २५ जेठ ०७६ मा खोला उत्खनन गर्न गएका उनको साथबाट प्रहरीले स्वचालित पेस्तोल बरामद गर्‍यो। त्यसपछि उनको कर्तुत छताछुल्ल भयो। प्रहरीले मनोजलाई समातेर हातहतियार तथा खरखजाना मुद्दामा उनी कराकारमा छन्।

हतियार लिएरै नदी उत्खनन गर्ने मनोजको न कुनै क्रसर उद्योग छ न त उनी ठेकेदार नै हुन्। स्थानीयका अनुसार ठेकेदारले उनलाई नदीजन्य पदार्थ चाहिएको भन्नेबित्तिकै उनी टिपर र स्काभेटर भाडामा लिएरै उत्खनन गर्ने गर्थे। हतियारसहित पक्राउ पर्नुअघि उनी डकैतीमा पनि मुछिएको प्रहरीले जनाएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);