रियल मड्रिडले उचाल्यो स्पेनिस सुपर कपको उपाधि | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

रियल मड्रिडले उचाल्यो स्पेनिस सुपर कपको उपाधि

Super-Cup-football

एजेन्सी, २८ पुस ।  सोमबार बिहान शहरी प्रतिद्धन्दी एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियलले सुपरकपको उपाधि हात पारेको हो । निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो जसमा रियलसँग ४–१ गोल अन्तरले एट्लेटि मड्रिड पराजित बन्न पुग्यो ।

प्रतियोगिता नयाँ ढाँचामा खेलाईएको थियो । स्पेनिस लिगको शीर्ष दुई टिम र कोपा डेल रेका फाईनल खेलेका दुई टिमलाई सुपरकपमा समावेश गरिएको हो । रियलले गत सिजन तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । बार्सिलोना लिग विजेता र कोपा डेल रेको फाईनल खेलेको टिम बनेपछि रियल प्रतियोगिता खेल्न छानिएको हो ।

रियलले ११ औ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);