नेपाल चेम्बर अफ कमर्सको स्थापना दिवसको अवसरमा प्रभातफेरी | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नेपाल चेम्बर अफ कमर्सको स्थापना दिवसको अवसरमा प्रभातफेरी

chamber prabhatferi

काठमाडौं, २७ पुस । नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० औं स्थापना दिवसको अवसरमा राजधानीमा प्रभातफेरीको आयोजना गरेको छ । आइतबार काठमाडौंको जमल, न्युरोड, असन लगायतका बजार क्षेत्रमा चेम्बर अफ कमर्सले प्रभातफेरी निकालेको हो ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बर स्थापना भएदेखिका कामहरुलाई निरन्तरता दिने प्रतिवद्धता सहित प्रभातफेरी निकालिएको बताउनुभयो । उहाँले ‘सुखि नेपाली समृद्ध नेपाल’ निर्माणमा सरकारसँग सहकार्य गरी अगाडी बढ्न चेम्बर प्रतिवद्ध रहेको समेत बताउनुभयो ।

प्रभातफेरीमा काठमाडौं, ललितपुर लगायतका जिल्लाका चेम्बर आवद्ध व्यसायीहरुको सहभागिता रहेको थियो । ‘व्यापार समृद्धिको आधार’, ‘राष्ट्रिय पूँजी र व्यवसायीहरुको आधार, समृद्धि र विकासको मुख्य पूर्वाधार’ भन्ने नाराका साथ चेम्बर दिवस मनाइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);