राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिन ४ बजेसम्मको समय | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिन ४ बजेसम्मको समय

election-commition_

काठमाडौं, २४ पुस । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि समय तय गरिएको छ । निर्वाचन आयोगले उम्मेदवार बनेकाहरुमध्ये आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई आज सम्बन्धित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा समपर्क गर्न निर्वाचन आयोगले आग्रह गरेको हो ।

आयोगका अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आ–आफ्ना निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गरि फिर्ता लिन सकिने छ । आयोगका अनुसार राष्ट्रिय सभाका १८ सदस्यका लागि मुलुकका सात प्रदेशबाट ४५ जनाले उम्मेदवारी दिएका छन् ।

आयोगका अनुसार प्रदेश १ मा नौ, प्रदेश २ मा आठ, प्रदेश ३ मा ६, गण्डकी प्रदेशमा पाँच, प्रदेश ५ मा ६, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा चारजनाको उम्मेदवारी दर्ता भएका छन् ।

राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ । तीमध्ये १८ सदस्य चयनका लागि माघ ९ गते चुनाव गर्न लागिएको हो । एक जना सदस्य भने राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।