सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

sahid smarak

काठमाडौं, २३ पुस । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै, पहिलो खेलमा थ्री स्टार र ब्रिगेड ब्वाईज तथा दोस्रो खेलमा च्यासल र पुलिसबीच प्रतिस्पर्धा हुने ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा लिग दाबेदार थ्री स्टार र ब्रिगेड ब्वाईज तथा दोस्रो खेलमा च्यासल युथ क्लब र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल मध्यान्न १२ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजेका लागि तोकिएको छ । जारी लिगमा एक खेलमा पराजय र एक खेलमा बराबरी खेल्दा थ्रीस्टारले दुई खेलमा जित हात पारेको छ । ब्रिगेड ब्वाईज भने २ खेलमा जित निकाल्दै ६ अंकसहित सातौं स्थानमा छ । आजको खेलमा ब्रिगेड विजयी भए पाँचौं स्थानमा उक्लने छ ।

पुलिस ७ अंकसहित पाँचौं स्थानमा छ भने च्यासल चार अंकसहित नवौं स्थानमा छ । आजको खेलमा पुलिस विजयी भए १० अंकसहित तेस्रो स्थानमा उक्लने छ भने च्यासल विजयी भए छैटौं स्थानमा पुग्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);