प्रदेश ३ को प्रदेश सभा वैठक पुस २३ सम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

प्रदेश ३ को प्रदेश सभा वैठक पुस २३ सम्मका लागि स्थगित

pradesh-3

हेटौडा, २१ पुस । प्रदेश नम्बर ३ को प्रदेश सभाको वैठक पुस २३ गते सम्मका लागि स्थगित भएको छ । पुस २२ गतेको प्रदेश सभा वैठकमा प्रदेशको राजधानीका विषयमा मतदान हुने भनिए पनि अव २३ गते मात्र वैठक वस्ने भएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले पुस २३ गते दिउँसो ३ बजेसम्मका लागि वैठक स्थगित भएको बताउनुभयो । “प्रदेश नामाकरण सम्बन्धी कार्यविधि २०७६” प्रदेशसभाले स्वीकृत गरेको छ ।

मुख्य सचेतक रामेश्वर फुँयालले टेबुल गरेको प्रस्तावमा नेपाली कांग्रेसकी सचेतक राधा घले र विवेकशील नेपाली दलका नेता रमेश पौड्यालले समर्थन गरेका थिए । प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);