काँग्रेस वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुको भेला गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

काँग्रेस वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुको भेला गर्दै

ramchandra-poudel

काठमाडौं, २१ पुस । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार जिल्ला सभापतिहरुको भेला बोलाउनु भएको छ ।

सभापति शेरबहादुर देउवाले बहुमतको बलमा पुस ११ को केन्द्रीय कार्यसमिति बैठकबाट गरेको निर्णय सच्चाउनु पर्ने अडान राख्दै आउनु भएका पौडेलले सोमबार जिल्ला सभापतिहरुको भेला बोलाउनु भएको हो ।

केन्द्रीय कार्यसमिति बैठकबाट गरिएका महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने लगायतका निर्णय सच्चाउनु पर्नेे पौडेल पक्षको माग छ । भेलामा सिटौला पक्षका नेताहरु पनि सहभासग हुने बताइएको छ । सभापति देउवाले नेपाली कांग्रसको इतिहासमै पहिलोपटक बहुमतबाट महाधिवेशनको कार्यतालिका तोकेर र विधानको नियम निलम्बन गरेर गलत नजिर स्थापित गरेको उनीहरुको आरोप छ ।

भेलामा ४० जिल्लाभन्दा बढीका सभापति सहभागि हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);