विशेष सेवा विधेयक नागरिक स्वतन्त्रता विपरित छैन : सांसद विडारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

विशेष सेवा विधेयक नागरिक स्वतन्त्रता विपरित छैन : सांसद विडारी

ramnarayan bidari

काठमाडौं, १६ पुस । नेकपाका सांसद रामनारायण विडारीले नेपाल विशेष सेवा विधेयक २०७६ नागरिकको अभिब्यक्ति स्वतन्त्रता विपरित नभएको दाबी गर्नुभएको छ ।

बुधवार राष्ट्रिय सभामा विधेयकमाथिको छलफलका क्रममा उहाँले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोज्नेहरुलाई लक्षित गरेर विधेयक ल्याइएको बताउनुभयो ।

विडारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले भनेजस्तो विधेयक नागरिक स्वतन्त्रता बिपरित नभएको दाबी गर्नुभयो । विधेयकमाथिको छलफलमा कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयकले नागरिक स्वतन्त्रता मौलिक हक, सूचनाको हक र प्रेसको हकमाथि हमला गरेको आरोप लगाउनुभयो।

विधेयकमाथिको छलफलमा भाग लिने नेपाली कांग्रेसका अन्य सांसदले विधेयकको बिरोध गरेका थिए भने सत्ता पक्षका सांसदले त्यसको बचाउ गरेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);