राष्ट्रिय सभा सांसदद्वारा देशको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

राष्ट्रिय सभा सांसदद्वारा देशको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण

rastriya sabha sunya samaya

काठमाडौं, १६ पुस । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रेशम चौधरीको क्षेत्रको स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग गरिएको छ । बुधबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य कमला वलीले उक्त क्षेत्रको बजेट निकासा गर्न माग गर्नुभएको हो ।

‘रेशम चौधरी जेलमा रहेको अवस्थामा त्यस क्षेत्रको स्थानीय साझेदारी विकास कार्यक्रम अन्तर्गतको बजेट ६ करोड रोकिएको छ । त्यसकारण जनता साह्रै दुःखी भएको अवस्था छ । गतवर्ष मैले उक्त क्षेत्रको बजेट विनियोजन गर्ने मौका पाएको थिए । त्यसकारण जनताले पटक पटक मलाई भनेको अवस्था छ । त्यहाँका जनताका लागि भएपनि बजेट वक्तव्यमा आएको रकम तुरुन्त निकासा होस भन्दै सम्बन्धित मन्त्रालय, नेपाल सरकार र यस सदनलाई जनकारी गराउँदै रकम विनियोजन होस् भनी सरकारको ध्यानाकर्षण गराउँछु।’

राष्ट्रियसभा सदस्य उदयाशर्मा पौडेलले स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्न तयार पारिएको सफ्टवेयरबाट स्थानीय तहको विवरण गायब पारिएको प्रति ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले मंसिर १२ गतेबाट पुुस ४ गतेसम्मको विवरण गायब पारिएको भन्दै आइटीलाई सुरक्षित र भरपर्दो बनाउन सरकरको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘‘आपराधिक ह्याकरहरुले कब्जा गरेको अवस्था छ । केही समयअघि बैंकहरुको एटिएमबाट दुरुपयोग गरेर करोडौं लुटेको अवस्था थियो । यस्तो अवस्थामा आइटीलाई सुरक्षित र भरपर्दो बनाउनका लागि सरकारको ध्यान जाओस् ।’’

राष्ट्रियसभा सदस्य कोमल वलीले अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै नेपाल भ्रमण वर्ष २०२० लाई सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको छ । उहाँले नेपालीहरुको अतिथि देवो भवको संस्कारलाई अर्थतन्त्रसँग जोडेर जनजीवन उकास्ने समय आएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

‘‘साहसिक पर्यटन, कृषि, सांस्कृति पर्यटनका साथै अतिथिदेवो भव आचारसंहिता हो । संस्कारलाई अर्थतन्त्र जोड्न सक्नु नै पयर्टन हो । पर्यटन निकै कम लगानी गरिने व्यपार पनि हो’’, उहाँले भन्नुभयो ।

राष्ट्रियसभा सदस्य तारादेवी भट्टले उखु किसानहरुको विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले देशमा भ्रष्टाचार र अपराध फैलिएको अवस्थामा सरकारले त्यसको रोकथाम गर्नुको सट्टा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुष्ठित पार्ने गरि ऐन ल्याएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);