सीमा विवाद समाधानकालागि वार्ता गर्न नयाँ मिति तोक्न गृहकार्य सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

सीमा विवाद समाधानकालागि वार्ता गर्न नयाँ मिति तोक्न गृहकार्य सुरु

pradeep gyawali

काठमाडौं, १४ पुस । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावालीले भारतसँगको सीमा समस्या समाधानका लागि बार्ता गर्न सरकारले मिति तोक्न लागेको बताउनु भएको छ ।

मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सीमा समस्या समाधानका लागि भारतसँग बैठक बस्न नयाँ मिति तोक्न लागेको जानकारी दिनुभएको हो ।

उहाँले नोभेम्बर २३ मा औपचारीक पत्र पठाई बैठक बस्न मिति दिएकोमा भारतले समस्याको अनुभुति र समाधानको तत्परता सहित जवाफ पठाएको भन्दै अब सरकारले नयाँ मिति तोक्न गृहकार्य सुरु गरेको जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्ध विग्रिएको भन्ने बुझ्न नहुने समेत बताउनुभयो । उहाँले सीमा विवाद कुटनीतिक तरिकाले समाधान गर्न भारत तत्पर रहेको समेत बताउनुभयो ।

त्यस्तै मन्त्री ज्ञवालीले आर्थिक वर्ष २०७५/०७६ मा सरकारले दुवै छिमेकीहरुसँग सार्थक आर्थिक साझेदारीमा आधारित सम्बन्धलाई विकास गर्न र विश्वासको बलियो जग स्थापित गर्न सफल भएको बताउनुभयो ।

उहाँले नेपालको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई पुरा गर्न सरकार अनुकुल अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्न सफल भएको समेत बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);