सोमबार नेप्सेमा ५.५३ अंकको सुधार | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

सोमबार नेप्सेमा ५.५३ अंकको सुधार

काठमाडौं, १४ पुस । सोमबार शेयरबजार परिसूचक नेप्सेमा पाँच दशमलब पाँच तीन अंकको सुधार देखिएको छ । १ सय ७७ कम्पनीका १४ लाख ९१ हजार ४४ कित्ताशेयर ७ हजार ३८ पटकको कारोबारबाट ६२ करोड २३ लाख ६३ हजार ४ सय ८८ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा भने शून्य दशमलब शून्य ६ अंकको गिरावट आएको छ । सोमबार कारोबार भएका १२ समूहमध्ये आठ वटा समूहको परिसूचक उकालो लागेको छ ।

बैंकिङ, विकास बैंक, जलविद्युत र वित्त समूहको परिसूचक ओरालो लागेको हो । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी १० करोड बढीको कारोबार भएको छ ।

शिवम् सिमेन्ट्का लगानीकर्ताले सबैभन्दा बढी पाँच दशमलब ६ सात प्रतिशतले कमाएका छन् भने माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले सबैभन्दा बढी पाँच दशमलब पाँच– पाँच प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);