भुक्तानीकाे माग गर्द‌ै माइतीघरमा उखु किसानको धर्ना | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

भुक्तानीकाे माग गर्द‌ै माइतीघरमा उखु किसानको धर्ना

ukhu kishan dharna1

काठमाडौं, १३ पुस । सर्लाहीका उखु किसानहरु उखुको भुक्तानी नपाएको भन्दै केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् । चिनि मिलहरुले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् ।

२०७० सालबाट उखुको भूक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उखु किसान हरिश्याम राईले बताउनुभयो । यसअघि पटक पटक भएका सम्झौताहरु कार्यान्वयन नभएको उहाँको भनाई छ । राईका अनुसार २०७० सालदेखि अहिलेसम्मको करिब ७० करोड बढी भूक्तानी बाँकी रहेपनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन् । बिभिन्न चिनी मिलले ७१ करोड किसानलाई भुक्तानी दिन बाँकी रहेको छ ।

काठमाडौं आएपछि पुस महिनाको चिसोमा खाने र बस्ने ठेगान समेत नपाएका उखु किसानहरु केहीदिनयता माइतीघरमा नियमित धर्नामा बस्ने गरेका छन् ।

भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरु कुनै पनि हालतमा चल्न समेत नदिने किसानहरुले चेतावनी दिएका छन् । किसानहरुले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);