विदेशीलाई भिसामा कडाइ | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

विदेशीलाई भिसामा कडाइ

ministry of home

काठमाडौं, १० पुस । गृह मन्त्रालयले साधारण राहदानीवाहक विदेशीलाई औपचारिक प्रवेशाज्ञा (अफिसियल भिसा) नदिन कन्सुलर सेवा विभागलाई पत्राचार गरेको छ। जथाभावी रूपमा औपचारिक भिसा दिन थालेपछि मन्त्रालयले त्यसलाई रोक्न भनेको हो। गृहले मंसिर दोस्रो साता सचिवस्तरीय निर्णय गरी साधारण राहदानी भए औपचारिक भिसा नदिन विभागलाई भनेको हो।

‘विभागको सिफारिसका आधारमा साधारण राहदानीवाहक काम गर्ने पदाधिकारीलाई तथा तिनका आश्रित परिवारलाई पारस्परिकताका आधारमा निःशुल्क गैरपर्यटकीय भिसा र पारस्परिकताकै आधारमा शुल्क लिएर अध्यागमन विभागबाट गैरपर्यटकीय भिसा जारी गर्ने’, पत्रमा भनिएको छ।

विभागले विभिन्न परियोजनामा काम गर्ने विदेशी र उनीहरूका आश्रित परिवारलाई पनि औपचारिक भिसा दिएको भेटिएको थियो। मन्त्रालयको पत्राचारपछि विभागले साधारण राहदानीवाहक विदेशीलाई औपचारिक भिसा दिन बन्द गरेको छ। विभागका महानिर्देशक डोरनाथ अर्यालले साधारण राहदानीवाहक विदेशीलाई भिसा दिने प्रक्रिया रोकिएको बताए।

‘गृह र परराष्ट्र मन्त्रालयबीच पटक–पटकको छलफलपछि भिसा दिने प्रक्रियालाई सहज बनाइएको छ’, महानिर्देशक अर्यालले अन्नपूर्णसँग भने, ‘क्षेत्राधिकार र कानुनी प्रक्रियामा क्लियर भएका छौं।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);